Ad #144479

वैशाख १९ गते आइतबारदेखि २५ गते शनिबारसम्मको तपाईंकाे साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

साताको समय राम्रो रहेकोले प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । धर्म तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने तथा धार्मिक प्रतिष्ठान तिरको यात्राको तय गर्न सकिनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । पैत्रिक धन सम्पतीको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ । मायाप्रेममा आफ्नो मानिससँग दिनभर भलाकुसारी गर्न पाउँदा मन प्रशन्न हुनेछ । साताको अन्तमा विदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ भने विदेशी लगानीबाट सञ्चालित सस्थामा काम गर्नेहरुका लागी समय शुभ रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

साताको पहिलो दिन अर्थात आईतबारको समय मध्यम रहेकोले आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । सोमबारबाट समय उत्तम रहेकोले प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । मायाप्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरु साटासाट गर्न सकिनेछ । सामाजिक तथा परोपकारि काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

साताको सुरु र अन्तको समय उत्तम रहेकोले प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरुको सेवा गर्ने अवसर जुर्नेछ । समाज तथा समुदाएको हितमा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धी भएर जानेछ । खोजिमुलक क्षेत्रमा लगानी बढाउँदा भनेजस्तो सफलता हात पार्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्यम रहेकोले संकट व्यवस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदीबहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाँकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

साता मिश्रित रहेकोले प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउंदै पढाईलेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धि समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध शुखि रहनेछ। गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । खानपान तथा मौसमको ख्याल गर्दा स्वास्थ्यमा समस्या देखिनेछ । व्यापारमा मन्दी आउने तथा आम्दानी कम हुनाले दैनिकी असहजतातिर धकेलिनेछ । पुराना समस्या पुनह दोहोरिनाले अलमलमा नै समय व्यतित हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

साता शुभ रहेकोले अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चाँसो बढ्नेछ। तपाईंको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विस्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । न्यायिक निर्णयहरु आफ्नो पक्षमा पार्न सकिनेछ भने सत्रु परास्त हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

साताको सुरु अर्थात आइतबारको समय मध्यम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । सोमबारबाट प्रतिस्पर्धामा विजयको योग रहेकोछ भने तपाईंको कुरा काट्ने तथा ईष्र्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउंदै परिणाममुखी काम गर्न सकिनेछ ।प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

मंगलबारसम्मको समय मध्यम रहेकोले घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खरावी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । राजनीतिकर्मिका लागि समय अन्यदिन भन्दा मध्यम रहेकोछ । बुधबारबाट कृषि,सहकारी तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ । बैंक तथा बित्तिय क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । मायाप्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रश्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले सजक नबन्दा आफन्त टाढिनेछन् ।बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । कष्टकर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी समय फलदायी रहेकोछ ।सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छोटो समयका लागि हेरिने फाईदाले पछिलाई घाटा हुन सक्छ । योजनाहरु तत्काल सार्वजनिक नगर्नु नै उत्तम हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

साता मिश्रित रहेकोले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पढाईलेखाईका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । तरपनि भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला। स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

साताको सुरु अर्थात आइतबारको समय मध्यम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्यक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । सोमबारबाट समय उत्तम रहेकोले नयाँ प्रबृधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईनेछ । बिछोड भएका सम्बन्धहरु पुनह सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बीच बिश्वास बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

साताको सुरु र अन्तको समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो उपलव्धी हाँसिल गर्न सकिनेछ भने प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । सोमबार र मंगलबारको समय मध्यम रहेकोले न्यायलयसँग सम्बन्धित काममा आज अलमल हुनेछ भने न्यायिक निर्णयहरु तपाईंको पक्षमा नआउन सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेकोछ । आफन्तको सुझावलाई वेवास्ता गर्दा दुख पाईनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

साताको समय मिश्रित रहेकोले प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारीसाधन जोड्न सकिनेछ । बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बैकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको सात दिन शुभ रहोस्।