१५ वैशाख, काठमाण्डौ। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्य नजर गर्दै अब विदेश जानेको पीसीआर रिपोर्टमा फोटो अनिवार्य राख्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने नियम बनाएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामात्र गरिने र ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने छ ।
वा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुने व्यवस्था गर्ने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ ।
[sidebar name="button post"]









