१४ वैशाख, रुपन्देही। रुपन्देहीमा १६ गतेदेखि निषेध आदेश लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेध आदेश जारी गर्ने निर्णय गरेको हो।
१६ गतेदेखि वैशाख २९ गतेसम्म निषेध आदेश लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालले जनाएको छ। उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध छलफल गरेर निषेध आदेश जारी गर्न लागिएको हो।
निषेध आदेश जारी गरिएका बेला औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन बन्देज लगाइनेछ।
[sidebar name="button post"]









