१४ वैशाख, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बिहीबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा सरकारले २ हप्तासम्म हुने बताएको छ । तर निषेधाज्ञा अवधिमा पनि सेयर बजार भने खुलै रहने भएको छ ।
नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ । अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ ।
गत वर्ष भएको लकडाउनमा भने सेयर बजार ५० दिन बन्द भएको थियो । लकडाउन पछि भने सेयर बजारमा निकै ठूलो सुधार देखिएको थियो ।
[sidebar name="button post"]









