पहाडमा २०० र शहरमा ५०० सक्रिय संक्रमित भए निषेधाज्ञा, उपत्यकासहित यी जिल्लामा निषेधाज्ञाको संकेत

१२ वैशाख, काठमाण्डौ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने भएको छ । त्यस्तो अवस्थामा निषेधाज्ञा लगाउन स्थानीय प्रशासनलाई सीसीएमसीले अधिकार प्रत्यायोजन गरेको छ ।

आइतबार बसेको सीसीएमसीका बैठकले यस्तो निर्णय गरेसँगै काठमाडौं लगायतका ९ जिल्लामा तत्काल निषेधाज्ञा लागू हुने संकेत देखिएको छ ।काठमाण्डौ लगायतका केही जिल्लामा संक्रमतिहरुको संख्या ५ सय नाघिसकेको छ ।

अहिलेसम्म काठमाण्डौ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय कटिसकेको छ । त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ।

[sidebar name="button post"]