१२ वैशाख, काठमाण्डौ। नेपालमा कोरोना संक्रमण दिन प्रति दिन बढ्दो क्रममा छ। कोरोना संक्रमणका यि ५ खतरनाक लक्षणहरु जुन देखिनासाथ अस्पताल गइहाल्नुपर्छ ! भारतमा कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। छिमेकी मुलुक भारतसँगै नेपालमा पनि कोरोनाबाट हुने संक्रमण र मृत्यु दर दिनप्रतिदिन बढिरहेको छ।
विज्ञका अनुसार अहिले कोरोना संक्रमणका नयाँ–नयाँ लक्षण पनि देखापरिरहेका छन्। यसै सन्दर्भमा भारतस्थित उजाला सिग्नस हस्पिटलका हृदयरोग विशेषज्ञ डाक्टर एस.सी. तिवारीले कोरोना संक्रमणका खतरनाक ५ लक्षणबारे बताएका छन्।
भारतीय पत्रिका अमर उजालामा प्रकाशित सुझाव हाम्रा लागि पनि उपयोगी हुन सक्ने भएकाले यहाँ प्रस्तुत गरिएको छ:-
१) सजिलो काम पनि कठिन लाग्नु:
कोरोना संक्रमणले मस्तिष्कको काम गर्ने क्षमता र स्नायु प्रणालीमा पनि असर पार्छ। धेरै संक्रमितमा भ्रम, बेचैनी र बेहोसीजस्ता लक्षण पनि देखिएका छन्। विशेषज्ञका अनुसार यदि तपाईंलाई कोरोना संक्रमण छ र सजिलो काम गर्न पनि कठिनाइ महसुस भइरहेको छ भने अथवा बोल्न गाह्रो भइरहेको छ भने तुरुन्त अस्पताल जानुपर्छ।
२) सास लिन गाह्रो:
सास लिन गाह्रो हुनु कोरोना संक्रमणको प्रमुख र खतरनाक लक्षण हो। यदि तपाईं को- रोना संक्रमित हुनुहुन्छ भने ध्यान पुर्याउनुस्, किनकि सास लिन गाह्रो भयो भने ज्यानै जाने जोखिम पनि आउन सक्छ। यसकारण यस्तो लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ, डाक्टरसँग सम्पर्क गरिहाल्नुपर्छ।
३) अक्सिजनको मात्रा कम हुनु:
को- रोना संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्रामा निकै नराम्रो प्रभाव पार्छ। हाल धेरैजसो संक्रमितमा अक्सिनको स्तर कम देखिएको छ, जसले गदाृ उनीहरू अस्पताल भर्ना हुन बाध्य भइरहेका छन्। यीमध्ये कतिपयको मृ- त्युसमेत भइरहेको छ। यसकारण सतर्क हुन जरुरी छ।
४) ओंठ नीलो देखिनु:
कोरोना संक्रमित व्यक्तिको छाला वा ओंठ नीलो देखियो भने सामान्यतया यो रगतमा अक्सिजनको मात्रा कम भएको संकेत हो। यस्तो लक्षण देखियो भने सतर्क हुन जरुरी छ र तुरुन्त अस्पताल जानुपर्छ।
५) छातीको दुखाइ:
छातीमा कुनै पनि किसिमका दुखाइलाई बेवास्ता गर्नु हुँदैन। यो पनि कोरोनाका खतरनाक लक्षणमध्ये एक हो। तपाईंमा यस्तो लक्षण देखिएको छ भने तुरुन्त अस्पताल जानुस्।काेराेना भाइरसबाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ ।









