कोरोना संक्रमण दर दिनानुदिन बढ्दै, एकैदिन थप २४२८ जनामा कोरोना संक्रमण

९ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार २४ घण्टामा २५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ।

देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १५२ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २५ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

[sidebar name="button post"]