मौसममा परिवर्तनसँगै अहिले थुप्रै मानिसहरुमा घाँटी खस खस गर्ने र दुख्ने समस्या बढ्ने क्रम रहेको छ। गर्मी मौसमका कारण यतिबेला मानिसहरु चिसो पेय पदार्थलाई अत्याधिक मनपराउने र शरीरलाई चिसो राख्न पनि चिसो पेय पदार्थको सेवन गर्ने गर्दछन् । जसका कारण घाँटी खस खस गर्ने र दुख्ने समस्या बढ्ने क्रम बढ्दो रहेको छ । यस्तो अवस्थामा विभिन्न औषधीहरु प्रयोग गर्नु भन्दा घर छेउ छाउमा वा घर भित्र पाइने केहि चिजहरुको सेवन गरि यसबाट छुट्कारा पाउन सकिन्छ।
आउनुहोस्, जानौं घरमा पाइने तेस्ता पेय पदार्थको बारेमा :
१. मह र कागती :
एक गिलास मन तातो पानीमा १ चम्चा मह र कागतीको रस मिलाएर पिउँदा सुक्खा खोकी र घाँटी दुख्ने समस्या निर्मुल हुने गर्दछ। यस प्रक्रियालाई दिनको ३ पटक सम्म पिउँदा आत्याधिक लाभ हुने गर्छ। महमा पाइने एन्टीओक्सिडन्ट, एन्टिभाइरल गुण भएका कारण सामान्य फ्लु देखि घाँटी दुखाइ समेतलाई निर्मुल गर्दछ।
२. अदुवा :
अदुवालाई पानीमा उमालेर तयार बनाइएको पानी पिउनु अत्यधिक लाभदायक हुनेगर्दछ। यसले घाँटी दुख्ने समस्या तथा रुघा खोखी आदिबाट राहत मिल्ने गर्दछ।
३. हर्बल चियाः
हर्बल चियामा औषधीय गुणहरू हुन्छन्। यसलाई दिनमा २ पटक पिउँदा घाँटी दुख्ने समस्या निर्मुल हुने गर्दछ। यस्ता हर्बल चिया बजारमा प्रसस्त किन्न पाइन्छ, अथवा यसलाई घरमैपनि अदुवा, दालचिनी, मरिच, ल्वाङ्ग, सुकमेल र अन्य जडिबुटीहरु मिलाई बनाउन सकिन्छ।
४. बेसार मिलाएको दुधः
बेसारमा पाइने एन्टीब्याक्टेरिया तथा औषधीय गुणहरूका कारण यसले शरीरमा एन्टीबडी बढाउन मद्दत गर्दछ। बेसार दुधलाई आयुर्वेदमा प्राकृतिक एन्टिबायोटिक पनि भनिन्छ। बेसार मिलाएको दुधलाई यस्तो अवस्थामा पिउँदा घाँटी दुख्ने पीडाबाट राहत पाउनुका साथै यसले रोगसंग लड्ने रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने गर्दछ। साथै, यसले दिनको थकान समाप्त गर्ने गर्दछ। तसर्थ, हरेक रात सुत्नु अघि बेसार दूध पिउनु अत्याधिक लाभ हुने गर्दछ।
५. नुन पानीः
घाँटी दुखाइ निको पार्न एक अचुक औषधी हो मनतातो पानी र नुन । एक गिलास मनतातो पानीमा १-४ नुन मिलाई दिनको २ पटकसम्म कुल्ला गर्यो भने यस समस्याबाट मुक्त हुन सकिन्छ। नुनमा हुने एन्टीब्याक्टेरियल गुणहरूले घाँटी दुखाइ तथा कफ आदिबाट राहत दिन्छ।








