२४ घण्टामा थप १९३ बालबालिकामा कोरोना संक्रमण, ९ वर्ष मुनिका ४३ बालबालिकामा संक्रमण

८ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

० देखि ९ वर्ष उमेर समूहका ४३ र १० देखि १९ वर्ष उमेर समूहका भने १५० बालबालिका कोरोना संक्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

उपत्यकाबाहिर बाँकेका २२५, रुपन्देहीका १२४, कास्कीका ८८, पर्साका ८१, दाङका ७४, बाग्लुङका ५३ र सुर्खेतका ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

[sidebar name="button post"]