अब काठमाण्डौमा मास्क नलगाई हिंडे कारबाही

८ वैशाख, काठमाण्डौ। अब काठमाण्डौमा मास्क नलगाई हिँड्नेहरु कारबाहीमा पर्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले मास्क नलगाई हिँड्नेलाई अब प्रहरीले सार्वजनिक स्थानमा उभ्याउने (होल्ड गर्ने) जनाएको छ । स्थिति भयावह हुन नदिन कडा गर्ने तयारी गरिएको हो।

सार्वजनिक यातायतमा मास्क लगाए/नलगाएको अनुगमन गर्न ट्राफिक प्रहरीलाई जिम्‍मेवारी दिने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसअघि पनि गएको वर्ष सरकारले लकडाउन उल्लंघन गर्नेलाई सडकमा होल्ड गर्ने गरेको थियो ।

[sidebar name="button post"]