८ वैशाख, काठमाण्डौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी काम नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।कोरोना संक्रमणको दर अत्याधिक बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे । उनले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले संक्रमण थप फैलिँदै गइरहेको बताए ।
आज मात्रै २ हजार ३ सय ५१ जना नयाँ संक्रमित थपिएका छन्।
[sidebar name="button post"]









