८ वैशाख, काठमाण्डौ। जापान जानका लागि अब ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । साथै रिपोर्टमा नतिजा नेगेटिभ आएको हुनुपर्छ ।
कोरोना भाइरसको बढ्दो महाकारीकाबीच जापान जाने यात्रुका लागि पीसीआर विधि तोकिएको नेपाल वायुसेवा निगमले जनाएको हो ।
जापानको स्वास्थ्य मन्त्रालय मातहतको क्वारेन्टिन स्टेशनबाट जारी सूचना अनुसार तोकिएको विधि पूरा नगरी आएका पीसीआर रिपोर्ट बाहक यात्रुले जापानमा प्रवेश अनुमति नपाउने भएका छन् ।
निगमले अहिले जापानमा नियमित हवाई उडान गरिरहेको छ ।












