Ad #144479

जसरी राम्रो यौन जीवनले तपाईंको सम्बन्धमा सकारात्मक प्रभाव पार्छ, त्यस्तै खराब यौन सम्बन्धले यसमा नकारात्मक प्रभाव समेत पार्ने गर्छ । नराम्रो यौन सम्बन्धको मतलब यो होइन कि तपाईंहरू दुवै यौन सम्बन्धबाट सन्तुष्ट हुनुहुन्न । नराम्रो यौन सम्बन्धको मतलब दुई पार्टनरबीच लामो समयदेखि यौन सम्पर्क नराख्नु पनि यसको कारण हुन सक्छ । पार्टनरसँग सम्बन्ध निर्माणमा ढिलाई उपयुक्त हुँदैन । लामो समयसम्म सेक्स नगर्नु वा असन्तुष्ट रहनु भयो भने तपाईंको सम्बन्धमा धेरै नराम्रो प्रभाव पर्न सक्छ। यहाँ खराब यौनका चार असरहरू उल्लेख गरिएका छन् ।

सम्बन्धमा लाग्न सक्छ ‘रातो चिह्न’ :
काम वा कुनै अन्य व्यस्तताको कारण यदि तपाईं आफ्नो पार्टनरसँग लामो समयसम्मका लागि उपयोगी समय खर्च गर्न सक्नुहुन्न भने, यो ठूलो कुरा होइन। यो समस्या केही दिनमै सबै ठीकठाक हुनेछ । तर यदि तपाईं दुवै समय यौन सम्बन्धबाट टाढा हुनु भयो भने यसले समस्या निम्त्याउन सक्छ । किनकि अब उनीहरू आत्मीय क्षणलाई एक अर्कासँग सेयर गर्न सक्दैनन् । जसले सम्बन्ध टाढा बनाउँदै लैजान्छ ।

प्रयास गर्नुहोस् तर धेरै नगर्नुहोस् :
जब तपाईं यौनको बारेमा धेरै सोच्न थाल्नुहुन्छ । त्यसपछि कुरा झन् झन् खराब हुँदै जान्छ। एक यौनरहित सम्बन्ध सिर्जना नगर्नुहोस् । यदि तपाईंलाई वास्तवमै समस्या छ जस्तो लाग्छ भने सम्पूर्ण दुनियासँग यसको बारेमा कुरा गर्नुको सट्टा राम्रो सम्बन्ध विशेषज्ञसँग कुरा गर्नुहोस् ।

तपाईं सेक्सुअल्ली फ्रस्टेसनमा जान सक्नुहुन्छ :
यदि तपाईं लामो समयसम्म यौन सम्बन्धमा सन्तुष्ट हुन सक्नुहुन्न भने यसले फ्रस्टेसनमा लैजान सक्ने धेरै सम्भावना हुन्छ । यदि यसको लक्षणहरू देखा पर्न थाल्यो भने तपाईं दुवैले आफ्ना महत्त्वपूर्ण काम भए पनि छाडेर एक अर्कामा समय बिताउन सुरु गर्नुहोस् ।

तपाईं यौनबाट टाढा-टाढा जानुहोस् :
यो एक ठूलो गलत धारणा हो कि यौनमा पुरानो अनुभव जगाउनको लागि केही दिन यौनबाट टाढा रहनुपर्छ । वास्तवमा, जब तपाईं लामो समयसम्म यौन सम्बन्ध राख्नुहुन्न, यसप्रति तपाईंको उदासीनता बढ्दै जान्छ । यौन तपाईंको जीवनद्वारा कम हुन्छ। त्योभन्दा पनि खराब कुरा त जब पार्टनर र तपाईं आफैंलाई सन्तुष्ट पार्न अन्य तरिकाहरू फेला पार्नुहुन्छ। यदि यौन जीवन निरस भएको छ भने त्यसबाट दूरी बनाउनुको सट्टा यसमा हुने सुस्तता हटाउने कोसिस गर्नुहोस् ।