Ad #144479

७ वैशाख, काठमाण्डौ। पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका शाह दम्पतीलाई कोरोना परीक्षण गराउँदा पुष्टि भएको हो ।

उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ ।