५ वैशाख, काठमाण्डौ। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको पहिलो दिन आइतबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको छ ।
[sidebar name="button post"]









