२४ घण्टामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि

४ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

त्यस्तै मृतकको संख्या ३ हजार ७५ पुगेको छ ।

[sidebar name="button post"]