विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

३१ चैत्र, काठमाण्डौ। काठमाण्डौ उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । सो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको मन्त्रालयले जनाएको छ ।

यसबारे सीसीएमसी र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर यसबारे निर्णय हुन बाँकी छ ।

[sidebar name="button post"]