पछिल्लो समय मानिस आफ्नो स्वास्थ्यप्रति निकै सचेत हुँदै गइरहेका छन् । मानिसहरु विभिन्न रोगहरुबाट संक्रमित हुन थालेपछि खानेकुरा ध्यान दिन थालेका हुन् । स्वास्थ्यलाई निकै फाइदा पुग्ने खाने कुरा हो खरबुजा ।गर्मी मौसम सुरु भएसँगै बजारमा मौसमी फलफूलहरु प्रशस्त मात्रामा पाइन्छ ।
खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ जसले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ । यो रसिलो फलमा इलेक्ट्रोलाइट्स हुन्छ जसले रक्तचापलाई सामान्य राख्छ ।
यस्तै खरबुजा फाइबर प्रशस्त मात्रामा पाइन्छ जसले तपाईको पाचन तन्त्रलाई सुधार्न मद्दत गर्छ । खरबुजाले शरीरबाट हानिकारक टक्सिन बाहिर निकाल्ने काम गर्छ । खरबुजामा भएको इलेक्ट्रोलाइट्स र मिनरलले तपाईंलाई ऊर्जावान् राख्न मद्दत गर्छ । तीब्र रुपमा तौल कम गर्न चाहनुहुन्छ भने खरबुजालाई आफ्नो खानाको हिस्सा बनाउनुहोस् ।
खरबुजामा लाइकोपिन नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले तपाईंको स्वास्थ्य समस्याजस्तै क्यान्सर र मधुमेहको खतरालाई रोक्न मद्दत गर्छ । एमिनो एसिडले भरपुर खरबुजाले तपाईंको मुटुको स्वास्थ्यका लागि शानदार खानेकुरा मानिन्छ ।








