२९ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
३१ सय २५ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जना र ६ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी कुल तीन सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार २८ पुगेको छ ।
आइतबार कोरोना संक्रमण पुष्टि भएकामध्ये एक सय ५४ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एक सय ४१ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार २७ पुगेको छ ।हाल नेपालमा २९ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।
बितेको २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ४० पुगेको छ ।









