२९ चैत्र, काठमाण्डौ। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ ।
आज आइतबार बिहान करिब ११ बजे डढेलो लागेको अनुमान गरिएको छ । बुढानीलकण्ठ नगरपालिका–१ को तौलुङ क्षेत्रबाट आगलागी सुरु भएको बताइएको छ ।
नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरिरहेको प्रहरीले जनाएको छ। डढेलो नियन्त्रणमा लिन समस्या भएपछि हेलीकोप्टरमार्फत पानी खसालिएको छ ।
सिम्रिक एयरको हेलीकोप्टर उँडाएर पानी खसालिएको हो । सुन्दरीजलबाट पानी ल्याएर डढेलो नियन्त्रणको प्रयास गरिएको छ ।
[sidebar name="button post"]









