डिम्याट खाता खोल्नेको संख्या ३४ लाख नजिक

२९ चैत्र, काठमाण्डौ। डिम्याट खाता खोल्नेको संख्या ३४ लाख नजिक पुुगेको छ । पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको शेयर बजार र सार्वजनिक शेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षणले डिम्याट खोल्नेको सङ्ख्या बढिरहेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबारसम्म ३३ लाख ८३ हजार ६६९ पुगेको छ ।उक्त लिमिटेडमा अनुसार झन्डै ३४ लाख डिम्याट खातामा छ अर्ब ३० करोड ४३ लाख ३८ हजार ६०३ कित्ता शेयर रहेको छ ।

फागुनमा मात्रै झन्डै चार लाख डिम्याट खाता थपिएका छन् । माघमा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिएध्रसर्वसाधारणका लागि पछिल्लो समयमा हात खाली नहुने र ठूलो सङ्ख्यामा शेयर पर्नेगरी आईपीओ खुलाइएको नेपाल रिइन्स्योन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओतर्फको आकर्षण बढाएका छन् ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार मेरो सेयर प्रयोगकर्ताको सङ्ख्या पनि २२ लाख १३ हजार ८०६ पुगेको छ । माघमा मेरो शेयर प्रयोगकर्ता तीन लाख तीन हजार ३२४ थपिएकामा फागुनमा तीन लाख ३७ हजार ४४४ थपिएका थिए ।

[sidebar name="button post"]