( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
२०७८ साल मकर राशि भएका व्याक्तिहरूका लागि यो वर्ष शुभ फलदाई रहनेछ । साढेसातीको कारण कार्यमा उल्झन, ढीलासुस्ती, काम बिग्रने र चोटपटकको भय पनि रहने। जन्मकुण्डलीमा शनि लागायत अन्य ग्रह राम्रो हुनेहरूका लागि शुभ फल मिल्न।
नयाँ कार्यको थालनी र गरेको लगानीले राम्रो सफलता पाउनेछ । वैदेशिक रोजगार भने सामान्य नै रहनेछ । सञ्चार, प्राविधिक, तथा मनोरञ्जन पेसामा आवद्ध व्यक्तिहरूलाई भने बढी सफलता मिल्नेछ ।
शिक्षको लागि वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष त्यति राम्रो देखिन्न । जग्गा जमीन र मोटरगाडीबाट लाभ मिल्नेछ । ठेक्कापट्टा र सेवामुलक व्यावसायबाट बढी सफलता पाईनेछ । आर्थिक दृष्टिले असार,कात्तिक र मंसिर महिनामा बढी फलदाई हुनेछ ।
विद्या र बुद्धिको विकाश हुने र चमत्कारी ढङ्गले सफलता दिलाउनेछ ।पूराना र टाढीएका मित्रसँग सामीप्यता बढ्नेछ । दाम्पत्य जीवनमा केही मतभेद रहनेछ ।विज्ञान र शिक्षाशास्त्र विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ ।
२०७८ साल मकर राशि भएका व्याक्तिहरूका लागि यो वर्ष शुभ रङ्ग नीलो, गुलाबी, कालो, पहेँलो र खैरो शुभ रङ्ग हो भने ३, ६, ७, र ९ शुभ अङ्क हो । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, त्यसैले खानपिनमा साबधानि र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ ।
शुक्रवार लक्ष्मीजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रहपीडा कम भई समृद्धता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र सत्य बोल्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।
बलराम उपाध्याय खकुरेल
ज्योतिष तथा बास्तुविद्
राशिफलले जे जस्तो भनेपनि तपाईंको २०७८ साल शुभ रहोस् ।








