आज मिति वि.सं. २०७७ साल चैत्र २९ गते । आइतबार । तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । काम गर्दा साबधानी अपनाउनुहोला खराब व्यक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाईलेखाईमा मन नजाने हुनाले अरु भन्दापछि परिनेछ भने मायाप्रेममा एक अर्का बीच बैमनस्यता बढ्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ ।न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :
बिशिष्ट व्यक्तिहरुको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
व्यवसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । मातापिताको धन तथा सम्पति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । मायाप्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :
साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नी बीच विवाद बढ्नेछ भने चेली माईती बीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा घरायसी समस्याहरु सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्राको तय हुनेछ । मायाप्रेममा नजिक हुने समय रहेकोछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाईमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :
ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा-मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउदै सकारात्मक उपलब्धी हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउदै लान सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :
अन्य क्षेत्रमा व्यस्त हुँदा ढाईलेखाईमा तपाईको नाम अरु भन्दा पछि आउनेछ । प्रेममा अबिश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरीले तपाईको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पती तथा बिलाशी सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहादा नचाहादै छुट्टीनु पर्ने बाध्यता आउनेछ । व्यावसायमा लगानी गरेपनी प्रतिफल प्राप्त गर्न केही समय कुर्नु पर्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
घर जग्गा तथा पैत्रिक सम्पतीमा बिवाद बढ्ने ग्रहयोग रहेकोेछ भने सवारीसाधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घट्ना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :
अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । व्यापार व्यवसायमा भनेजस्तो नाँफा कमाउन सकिनेछ भने छोटो तथा रमाईलो व्यवसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न रहनेछ । विवादित विषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
समयमा काम गर्न सकिने भएपनि नतिजाको लागि केहि समय कुर्नु नै पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनाबस्यक बिषयमा बिवाद हुने तथा टाढिनु पर्ने बाध्यता आउनेछ । बोल्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लगाई आलोचना गर्ने सक्रिय हुनेछन् । पढाईलेखाईमा मन नजाँदा
अरुभन्दा पछि परिनेछ । होटल तथा रेष्टुरेन्टको व्यावसायबाट भनेजस्तो आम्दानि भएपनि अन्य व्यवसायमा मन्दि आउनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :
व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाईलेखाईमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको आजको दिन शुभ रहोस् ।










