आज कति थपिए देशमा कोरोना संक्रमित, कति भए कोरोनामुक्त ?

२७ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ।

शुक्रबार १२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ। हाल देशभर २ हजार ६ सय १५ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १२९ जनामा संक्रमण पुष्टि भएको छ। काठमाण्डौका ११७, ललितपुरका ९ तथा भक्तपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।

[sidebar name="button post"]