विज्ञानको जति नै विकास भएपनि अझै पनि मानिसहरु धर्मशास्त्रलाई पनि उत्तिकै मान्ने गरेका छन् । केहि खाना एस्ता छन् जुन खाँदा शनिदेव रिसाउने धार्मिक विश्वास छ । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ।
धर्मशास्त्रअनुसार सादा दुध वा दहिको सेवन शनिबार राम्रो मानिँदैन। तर दुधमा मह वा चिनी मिसाएर भने खान सकिन्छ। काँचो आपको अचार खान बाट बच्नुहोस्। रातो खुर्सानीको प्रयोग शनिबारको दिन नगर्न बताइन्छ।
माछा मासु पनि शनिबार नखादाँनै राम्रो मानिन्छ। अझ शनिको दशा चलेको बेलामा माछा मासुमा विशेष ध्यानपुर्योउनु पर्नेहुन्छ।
शनिबार रक्सी सेवन गर्नाले शनि राम्रो भएको बेलामा पनि अशुभ फल मिल्छ। दुर्घटनाको आंशका बढ्ने हुन्छ। शनिबारको दिन चना र मासको दाल खान सकिन्छ तर मसुरोको दाल भने नखादाँ नै राम्रो हुन्छ।
[sidebar name="button post"]










