कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। शनिबार मुख्य रुपमा शनिको पुजा गरिन्छ ।
शनिबारका दिन शनिको पुजा गर्दा भाग्योदय हुने र बाधा हट्ने विश्वास गरिन्छ। शनि न्यायाधीश हो र यो ग्रहको स्थितिले हाम्रो सफलता-असफलता निर्भर गर्छ ।
शनिको दशाबाट बच्न शनिबार यी ४ कार्य गर्न सकिन्छ:
दुधमा कालाे तिल मिसाएर पिपलमा चढाउँदा खराब समयबाट बच्च सकिन्छ ।
हरेक दिन एक लाेटा सफा पानी भरेर त्यसमा थाेरै कालाे तिल राखेर याे जललाई शिवलिंगमा ॐ नम : शिवाय मन्त्र जप्दै चढाउनुहोस् ।
हरेक शनिबार कालाे तिलकाे दाना कालाे कपडामा बाँधेर कुनै गरिब व्यक्तिलाई दान गर्दा पैसासँग जाेडिएका समस्या हट्छ ।
शनिकाे साँढे सातकाे दशा चल्दैछ भने नदीमा शनिबार कालाे तिल प्रवाहित गर्दा फलदायी हुनेछ ।
[sidebar name="button post"]










