पुरूषले झुक्किएर पनि अरूलाइ नभन्नुहोस् यस्तो कुरा, प्रतिष्ठा र सम्मानमा आँच आउन सक्छ पूर्वीय दर्शनका नीति शास्त्री चाणक्यले जीवनमा पुरूषले चार कुरालाई गोप्य राख्नुपर्ने उल्लेख गरेका छन् ।
नीति पालना गरे जीवनमा सुख प्राप्ति हुने बताइन्छ । कुनै पुरुषको मनमा दुःख छ भने त्यो कसैसँग अभिव्यक्त गर्न नहुने बताएका छन् । किनभने संसारमा सच्चा हितैषी एकदमै कम हुने गर्छन् ।
जुन मानिससँग दुःख अभिव्यक्त गरिन्छ उसैले पिठ्युँपछाडि यसको मजाक उडाउन सक्छ । जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरूका सामुन्ने चर्चाको विषय बनाउनु हुँदैन । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग बताउनु हुँदैन ।
पुरुषले आफ्नो घरको भित्री कुरा पनि बाहिर कसैलाई बताउन नहुने चाणक्यले भनेका छन् । विशेषगरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नु हुँदैन । यसो गर्नाले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ ।
चाणक्यले धनको क्षति भयो भने पनि यसबारे कसैलाई भन्न नहुने सुझाएका छन् । धनको क्षतिबारे अरूलाई बताउँदा यसले प्रतिष्ठा नष्ट हुन्छ । मानिसले धन क्षति भएको थाहा पाएमा सम्मानको साटो उपहासको विषय बनाउन थाल्छन् ।










