धेरै मानिस यति अल्छी हुन्छन् कि आफ्नो लाभको लागि पनि कुनै कार्य गर्न नपरे हुन्थ्यो भनेर सोच्छन्। ज्योतिषशास्त्रका अनुसार ५ राशि यस्ता छन् । जुन राशिका मानिस महाअल्छी हुन्छन्।
वृष राशिका मानिस आफुलाई अनुकुल समय छ जस्तो लाग्यो भने मात्र कुनै काम गर्न तयार हुन्छन् । यिनीहरु आफुलाई मन पर्ने काम मात्र गर्न खोज्छन् र अन्य काम गर्न निकै आलस्यता देखाउछन् ।
मीन राशिका मानिसको पूरा जिन्दगी भरिको समस्या बन्न सक्छ। यी मानिसहरु आफ्नै सफलता र लाभको लागि पनि कार्य गर्न आलसी गर्छन्।
वृश्चिक राशिका मानिस पनि आलस्यताको मामलामा निकै अगाडि हुन्छन्। यिनीहरुलाई कुनै पनि कार्य गर्न निकै गाह्रो हुन्छ आलस्यताको कारणले गर्दा । तर यदि आलस्यता छोडेर अगाडि बढ्ने हो भने यिनीहरु जिन्दगीमा निकै प्रगति गर्न सक्छन्।
कर्कट राशिका मानिसहरु पुरै दिन एकै ठाउँमा बसेर वा सुतेर आफ्नो समय व्यर्थ फाल्न सक्छन भने सिंह राशिका मानिस सिंह जस्तै राजाको जस्तो जीवन बिताउने स्वभावका हुन्छन्। तर यिनीहरु जगरिलो त्यहि समयमा हुन्छन जब उनीहरु आफूलाई मन पर्ने कार्य हुन्छ।










