तुला राशि हुनेहरुको लागि वि सं २०७८ सालको भाग्य कस्तो छ ? हेर्नुहोस् बार्षिक राशिफल

(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

२०७८ साल तुला राशि भएका व्याक्तिहरूका लागि यो साल मध्यम रहनेछ । बढी आशा अपेक्षा एवं चाहना र आसक्ति गरेको काममा बढी सास्ती मिल्ने तर खासै महत्त्व नपाएको काम बनेर गर्जो टर्ने हुनेछ ।

पारिवारिक, छरछिमेक, समाज, सहकर्मी आदि पक्षमा ग्रहले विपरित प्रभाव गर्न खोजिरहेको हुनाले बढी साथ सहयोगको अपेक्षा नगर्नु सुखकर हुनेछ ।अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।पढाईको सिलसिलामा बिदेश जानेले पनि राम्रो सफलता पाउनेछन् ।

व्याक लागेका विद्यार्थीरुले सम्बन्धित विषयमा उत्तीर्ण गर्न सक्छन् । हात गोडामा चोटलाग्न सक्छ ।औषध उपचारमा खर्च बढ्नेछ ।२०७८ साल तुला राशि भएका व्याक्तिहरूका लागि यो साल शुभ रङ्ग सेतो, खैरो, पहेँलो, गुलाबी र हरियो शुभ रङ्ग हो भने २, ३, ७ र ९ शुभ अङ्क हो ।

खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवस्यक छ ।देवगुरु वृहस्पतिले शुभ फल दिनेछ । यसको प्रभावले आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य र धार्मिक यात्रा समेत हुनेछ, तर अढैया शनि, राहु र केतुको प्रभावले भने आरोप प्रत्यारोप, मानशीक चिन्ता र ईज्जत प्रतिष्ठामा ह्रास आउनसक्छ ।

वैदेशिक रोजगारमा रहेकाहरूलाई पनि यो वर्ष सफलता मिल्नेछ । सरुवा र बडुवाको सम्भावना पनि प्रवल छ ।तुला राशिकोलागि यो बर्ष सामान्य उतारचडाव रहन सक्छ ।आफन्त र नजीकका व्यक्तिबाट टाढिनु पर्ला ।

वर्षको अत्यामा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ र घरपरिवारबाट टाढिएकाहरू नजिकिनेछन् । सन्तानको रहर गर्नेले सन्तान सुख मिल्ने सम्भावना पनि रहेकोछ ।

प्रत्येक शुक्रबार दुर्गाजीको आराधना, पूजा र प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशीर्वाद लिनाले अधिक सफलता मिल्नेछ ।

बलराम उपाध्याय खकुरेल

ज्योतिष तथा बास्तुविद्

राशिफलले जे जस्तो भनेपनि तपाईंको २०७८ साल शुभ रहोस् ।

[sidebar name="button post"]