मेष राशिको लागि वि. सं. २०७८ सालको बार्षिक राशिफल
मेष राशि (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
मेष राशि हुनेहरुलाई २०७८ साल ग्रहगोचरिय दृष्टिले सुखद फल प्राप्त हुनेछ। अन्य ग्रहको अनुकुलता शुभाशुभ ढंगले मिश्रित फल प्राप्त होला। बोल्दा विचार पुर्याएर बोल्दा राम्रो हुनेछ। दैबि दुर्घटनाको मात्रामा घटबढि भैरहला। नोकरीमा खटपटले आत्मा सम्मान घटाउला।
राजनीतिमा आफ्नो महत्वले खासै सम्मान नपाउला। भाग्य शक्ति मजबुत रहनाले मनमा सोचेको काम बन्ला। बौद्धिकताको वृद्धिले पठनपाठन लगायतका परीक्षा प्रतियोगिताहरु सफल होलान्। आमाबाबु र दाजुभाई दिदीबहिनीबाट सुख पाइएला।
इष्टमित्रको सामिप्यता पनि नघटला। कृषि जन्य कार्य,पशु पन्छीपालन र जग्गा जमिन सम्बन्धि कार्यले आर्थिक सन्तुलन मजबुत बन्ला। बैदेशिक रोजगारले आय स्रोतमा टेवा पुर्याउला। सन्तानबाट प्रयाप्त सुख होला। दाजु भाई दिदीबहिनीबाट सुभेच्छा मिन्ला। पाप कार्यबाट निराशा उत्पन्न गराउला। धर्म कार्यप्रति आस्था बढ्दै जानाले धर्मवान बनाउला।
रोग ब्याधको प्रकोप नियन्त्रणमा स्वास्थ्य विज्ञानको प्रगति प्रदर्शनिय छ। पति पति बिचको सम्बन्ध राम्रो रहने छ। अनावश्यक खर्च नियन्त्रणमा आउला।
राशिफलले जे जस्तो भनेपनि २०७८ साल तपाईंको लागि शुभ रहोस्।








