सुनको मुल्य बढ्यो, कति छ आजको भाउ ?

२५ चैत्र, काठमाण्डौ। नेपाली बजारमा बुधबार सुनको मूल्य ५०० ले वृद्धि भएको छ । मंगलबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन तोलामा ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

[sidebar name="button post"]