आज मंगलबार भगवान गणेशको दर्शन आराधना गर्नाले सबै कार्य शिद्धि हुने शास्त्रीय मान्यता छ।करोडौं सूर्यको जस्तो तेज भएका भगवान गणेश देवलाई आराधना गर्नाले बिघ्न बाधा र अधुरा काम पूरा हुन्छन् ।
शास्त्रअनुसार मंगलबारको दिन गर्न केही काम गर्न बर्जित गरिएको हुन्छ ।मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।
मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।मंगलबारको दिन मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।
मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।










