भगवान गणेशका ११ स्वरुप, कसको पूजा गर्नाले के फल मिल्छ ?

हिन्दू धर्म अनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । सबै किसिमको दुःख निवारणका लागि भगवान श्रीगणेशको पूजा गरिन्छ ।

कुनै पनि शुभ कार्य गर्दा सबैभन्दा पहिलो गणेशको नै पूजा गर्ने गरिन्छ । मंगलाचरणको शुरुमै ॐ श्री गणेशाय नमः मन्त्रोच्चारणबाट नै कामको थालनी गरिएको हुन्छ ।

श्रीगणेशको नाम मात्र लिनाले पनि मानिसहरुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ । ११ प्रकारका गणेश भगवानका स्वरुपमध्ये कुनै एकको विधिपूर्वक पूजा गर्नाले घरमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रही आएको छ ।

सेतो गणेशः भगवान गणेशका विभिन्न स्वरुप मध्ये सेतो गणेशको प्रतिमा तपाईंले देख्नु भएको होला । मठ मन्दिरमा समेत गणेश भगवानको सेतो प्रतिमा हुन्छन् । बजारमा पनि सेतो गणेशको मूर्ति किन्न पाइन्छ । यीनलाई ‘श्वेतार्क गणपति’ पनि भनिन्छ । ‘श्वेतार्क गणपति’को प्रतिमा घरमा स्थापित गर्नाले घरका सबै सदस्यहरुको दःख निवारण हुने धार्मिक विश्वास छ ।

मुगा जडित गणेशः मुगा सिंदूर रंगको एक रत्न हो । यसबाट निर्माण गरिएको गणेशको मूर्तिलाई पूजास्थानमा स्थापित गरी नित्य पूजा गर्नाले शत्रुको नास हुने विश्वास गरिन्छ ।

पन्ना जडित गणेशः पन्ना पनि एक हरिणे रङको रत्न हो । यसबाट बनेको गणेशको प्रतिमा पूजास्थानमा स्थापना गरी विधिपूर्वक पूजा गर्नाले सत्बुद्धि प्राप्ति हुन्छ। साथै सुख शान्ति र धन प्राप्ति हुने विश्वास पनि गरिन्छ ।

चाँदीको गणेश: धनको इच्छा राख्नेले चाँदीद्वारा निर्माण गरिएको गणेशको प्रतिमालाई पूजा गर्नुपर्ने विश्वास गरिन्छ । यस्तो प्रकारको प्रतिमा पूजास्थानमा स्थापित गरी पूजा गर्नाले धन-सम्पत्ति प्राप्ति हुने घरमा सुख शान्ति हुने विश्वास गरिन्छ ।

चन्दनद्वारा निर्मित गणेश: पूजामा प्रयोग हुने चन्दनबाट निर्माण गरिएको गणेशको प्रतिमा घरमा राखेर पूजा गर्नाले कुनै पनि प्रकारका विपतबाट बच्न सकिने धार्मिक विश्वास छ । यस प्रकारको गणेशको पूजा गर्नाले पारिवारमा सखु–शान्ति छाउने विश्वास गरिन्छ ।

पारद गणेशः धन-सम्पत्ति प्राप्तिका लागि पारोबाट बनेको गणेशको प्रतिमा पूजास्थानमा राख्नु उपयुक्त मानिन्छ । यस प्रकारको प्रतिमा घरमा राखेर पूजा गर्नाले तन्त्रको प्रभाव नपर्ने पनि बताइन्छ ।

बाँसुरी बजाउँदै गरेको गणेशः घरमा झैझगडा तथा विवाद हुन्छ भने बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा राखी पूजा गर्नु उत्तम मानिन्छ । बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा पूजा स्थानमा राखेर विधिपूर्वक पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।

हरियो रंगको गणेशः हरियो रंगको श्री गणेशको पूजा गर्नाले ज्ञान र बुद्धि प्राप्ति हुने विश्वास गरिन्छ ।साथै घरमा राखेर विद्यार्थीहरुले नित्य पूजा गर्नु उत्तम मानिन्छ ।

हात्तीमा विराजमा गणेश: हात्तीमा विराजमान श्रीगणेशको पूजा गर्नाले पैसा, इज्जत र स्वामिमान वृद्धि हुने धार्मिक विश्वास छ ।

नाच्दै गरेको गणेशः नाच्दै गरेको भगवान गणेशको प्रतिमा पूजाकोठामा स्थापित गरी पूजा गर्नाले मनमा शान्ति मिल्ने तथा तनावबाट मुक्त भइने धार्मिक विश्वास छ ।

पञ्चमुखी गणेशः पञ्चमुखी श्रीगणेशको पूजा गर्नाले कुनै पनि तान्त्रिक क्रियामा कुनै पनि बाधा–अडचन नआउने धार्मिक विश्वास छ ।

[sidebar name="button post"]