२३ चैत्र, काठमाण्डौ। छिमेकी देश भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु नेपाल संक्रमण दैनिक बढ्दै गइरहेको छ । संक्रमण दर बढ्दै गएपछि जोखिम न्यूनीकरण गर्न प्रहरीले विशेष अभियान संचालन गरेको छ । प्रहरीले अब सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना ताेकेकाे हाे ।
कोरोना संक्रमण बढदै गईरहंदा प्रहरीले सोमबार महाराजगञ्ज, नयाँ बानेश्वर, गौशाला र रत्नपार्क सहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन मास्क, सेनिटाईजर र सामजिक दुरी कायम गर्न आग्रह गरेको छ ।
गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाण्डौले सो कार्यक्रम गरेको हो । पहिलो चरणमा सचेतना अभियान गर्ने र दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्ने काठमाण्डौ प्रशासनले जनाएको छ ।
संक्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरिवाना गर्ने अधिकार पनि रहेको छ ।











