म्यानमार नरसंहारको विरोधमा ‘यूएन’ को कार्यालय अगाडि प्रदर्शन

२० चैत्र, काठमाण्डौ। ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ ‘यूएन’को कार्यालय अगाडि म्यानमारमा भएको नरसंहारको विरोधमा प्रदर्शन गरिएको छ ।

प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार संगठन र न्यायका लागि मानवअधिकार सञ्जालले संयुक्त रुपमा आज बिहान म्यानमार नरसंहार विरोधमा यूएनको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले प्रदर्शनमा म्यानमारमा सैनिक दमन वन्द गर,म्यानमारमा मानव अधिकार उलंघन वन्द गर, प्रजातन्त्र र नागरिक शासन बहाली गर जस्ता नारा नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

[sidebar name="button post"]