आज पनि बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

२० चैत्र, काठमाण्डौ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ९ सयले बढेको छ ।

बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ।

सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मुल्य आज प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ ।

त्यस्तै चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।

[sidebar name="button post"]