संकटमा सरकार माैन बसेको भन्दै वातावरण संरक्षण अभियान्ताहरुद्वारा काठमाण्डौमा प्रदर्शन

२० चैत्र, काठमाण्डौ। वातावरण मन्त्रालय हराएको सूचनासहित काठमाण्डौमा प्रदर्शन गरिएको छ । स्वास्थ्य संकटकाल लागू गर्न माग गर्दै शुक्रबार सिंहदरबार अगाडि वातावरण संरक्षण अभियान्ताहरुले प्रदर्शन गरेका हुन् ।

देशमा डढेलो र वायु प्रदूषणले जनस्वास्थ्य संकटमा रहेको बेला सरकार माैन बसेको भन्दै उनीहरुले सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्दै ९–१० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्जमा राखिएको प्रहरीको भनाइ छ ।

केही दिनअघि काठमाण्डौ वायु प्रदूषणको मामिलामा विश्वकै सबैभन्दा प्रदूषित शहरसमेत बनेको थियो । विज्ञहरुले काठमाण्डौको वायु जनस्वास्थ्यका लागि घातक बनेको बताइरहेका छन् ।

[sidebar name="button post"]