Ad #144479

१९ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा थप ८६ जनामा कोरोना पुष्टि भएको छ। काठमाण्डौमा ७३, भक्तपुरमा ५ र ललितपुरमा ८ जना संक्रमित थपिएका छन्।

बिहिबार ६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर १ हजार ५ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। बितेको २४ घण्टामा ४ हजार २ सय १३ पीसीआर परीक्षण भएको छ।

गएको २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३१ पुगेको छ।