Ad #144479

संसारमा धेरै बिषयहरुका रोचक तथ्यहरु रहेका छन् जुन सुन्दा अचम्म लाग्ने गर्दछ । जसमध्ये महिलाबारेका तथ्यहरु पनि रोमाञ्चकभित्र पर्दछन् । प्रकृतिले नै सुन्दर र कोमल बनाइदिएको कारण महिला आफै स्वभाविक रुपमा आर्कषणको केन्द्रबिन्दु मानिएको छ । विश्वको कुल जनसंख्यामा आधा जनसंख्या ओगटेको महिलाहरुको बारेमा एक अध्ययनपछि सार्वजनिक भएका रोचक तथ्यहरु यस्ता छन् :

१) सन् २०१२ मा भएको ओलम्पिकमा इतिहासमै पहिलोपटक महिला खेलाडीको सहभागिता बढि रहेको थियो । ओलम्पिकमा २६९ महिला थिए भने २६१ पुरुष सहभागी थिए ।

२) अमेरिकामा पुरुषभन्दा महिलाको जनसंख्या बढि रहेको छ । यस्तै अवस्था नेपालको पनि छ ।

३) हरेक ९० सेकेन्डमा एक महिलाको मृत्यु बच्चा जन्माउने क्रममा हुने गर्दछ ।

४) सबैको सोंचमा पुरुषले धेरै अश्लिल शब्द प्रयोग गरी कुराकानी गर्छन् भन्ने छ । तर पुरुषले जति नै महिलाहरुले पनि अश्लिल कुराकानी गर्ने गरेको अध्ययनले देखाएको छ ।

५) एकसय बर्ष भन्दा बढि बाँच्ने ५ मानिसहरुमा ४ महिला हुने गरेको छ। त्यसैले महिलाको आयु पुरुषको तुलनामा बढि हुने गर्दछ ।

६) गर्भावस्थामा निदाउदा घुर्ने महिलाहरुको बच्चा अन्य बच्चाहरुको तुलनामा होचो हुने मान्यता रहेको छ।

७) अमेरिकामा ४० प्रतिशत महिलाहरुले विवाह पहिले सन्तान जन्माउने गर्दछन् ।

८) साउदी अरबमा यदि श्रीमानले श्रीमतीलाई कफी बनाएर नदिए श्रीमतीले तलाक लिन सक्ने कानुनी व्यवस्था छ ।

९) वोमन शब्दको अर्थ हुन्छ वाइफ़ओफ म्यान हुन्छ।

१०) पुरुषको तुलनामा महिलाले २ गुण बढि आँखा झिम्काउने गर्दछ ।

११। एक महिलाले आफ्नो जीवनभरिमा ३ किलो लिपिस्टिक लगाउने गर्दछ ।

१२। पुरुषको तुलनामा महिलाको सुँघ्ने शक्ति कयौं गुणा बढि हुने गर्दछ ।

१३) महिलाका तुलनामा पुरुषको मुटुको धड्कनको गति कम हुन्छ ।

१४) महिलाको पूरै जीवनको एक वर्ष कुन कपडा लगाउने भनेर सोचेर बित्ने गर्दछ । हरेक महिला आफ्नो लुक्सलाई लिएर एक दिनमा कम्तीमा ९ पटक सोच्ने गर्दछ ।

१५) विश्वमा अझैपनि समान काम गरेर पनि पुरुषको तुलनामा महिलालाई ३६ प्रतिशत कम पारिश्रमिक दिइने गरेको छ ।

१६)अफ्रिकी देशहरुमा नाइजेरिया शिशु जन्मदरमा अगाडि रहेको छ । त्यहाँको हरेक महिलाले औसतमा ७ बच्चा जन्माउने गरेका छन् । जुन विश्वमा सबैभन्दा धेरै हो ।

१७) सबैभन्दा कम उचाईकी आमा बन्ने महिला जम्मा २ फिट ४ इन्चको थिइन् ।

१८) सबैभन्दा कम उमेरमा डिभोर्स गर्ने बालिका जम्मा १० बर्षको थिइन् ।

१९) एक महिलाले आफ्नो जीवनको १० बर्ष भान्छामा बिताउने गरेको अध्ययनले बताएको छ ।

२०) सबैभन्दा बढि बच्चा जन्माउने महिलाको रेकर्ड रुसको महिलाको नाममा रहेको छ । उनले ६९ वटा बच्चा जन्माएकी छिन् ।