आज कति थपिए नेपालमा कोरोना संक्रमित, कति भए कोरोनामुक्त ?

१८ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३९१९ मा पिसिआर गर्दा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा थप ६७ जनामा कोरोना पुष्टि भएको छ। काठमाण्डौमा ५०, भक्तपुरमा ४ र ललितपुरमा १३ जना संक्रमित थपिएका छन्।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ। त्यस्तै २४ घण्टामा ५९ जना निको भएर घर फर्किएका छन्। यससंगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३० पुगेको छ।

[sidebar name="button post"]