मंगलबार थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१७ चैत्र, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१४० मा पिसिआर गर्दा १६७ जनामा कोरोना पुष्टि भएको हो।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ११५ जना निको भएर घर फर्किएका छन् । यससंगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ।

[sidebar name="button post"]