शंख बजाउँदा धार्मिक मात्र नभई स्वास्थ्यको दृष्टीले पनि हुन्छ यस्ता फाइदा

हिन्दु धर्ममा पुजा गर्दा शंख बजाउने गरिन्छ । हामिले बिहान उठ्ने बित्तिकै घर तथा मन्दिरमा शंख बजाइरहेको सुन्छौं ।

हिन्दु धर्म मान्नेहरुको धेरैजसो घरमा शंख राखिएकै हुन्छ । भजन किर्तनमा पनि शंख बजनाउने हिन्दु धर्ममा चलन पनि छ । शंख बजाउदा जति धार्मिक महत्व छ, त्यति नै वैज्ञानिक प्रभाव पनि छ । हामिले नियमित शंख बजाउदा मन मनमा शान्त हुन्छ ।

शंख बजाउदा स्वास्थ्यको दृष्टीले पनि फाइदाजनक छ । शंखको ध्वनीबाट वातावरणमा भएका जीवाणुहरु नष्ट हुन्छन् । शंख बजाउदा श्वास भर्दै छोड्दै गर्दा स्वास्थ्य ठिक हुन्छ । शंख बजाउने गरेमा कहिल्यै हृदयघात पनि हुँदैन ।

राती शंखमा पानी भरेर राख्नुहोस् र त्यहि पानीले बिहान छालामा लगाएमा छालासम्बन्धी रोग लाग्दैन । शंख बजाउदा लामखुट्टे भाग्ने पनि वैज्ञानिकले आफ्नो प्रयोगबाट सावित गेका छन् ।

शंखमा राखिएको पानी पिएमा पेट सम्बन्धी समस्या पनि हुदैन । शंख बजाउदा दिमागमा भएका नकारात्मक विचारहरु हटेर जान्छन् । कुनै तनाव भएमा शंख बजाएमा मनमा शान्ति हुन्छ ।

[sidebar name="button post"]