सुत्नुअघि हरेक जोडीले गर्न पर्ने कुराहरु

तपाईलाई विश्वास नलाग्न सक्छ तर कयौं पटक पतिपत्नीबीच सुत्ने बानिका कारण सम्बन्ध विच्छेदसम्मका घटनाहरु विश्वमा हुने गरेका छन् ।विवाहपछिको केही सयम दुई पार्टनरबीचको सम्बन्ध राम्रै चलेको हुन्छ । तर अचानक केही समस्या देखिन थाल्छ जसले गर्दा वैवाहिक जिन्दगीमा नै दरार उत्पन्न हुन्छ वा समस्या उत्पन्न हुन्छ ।

कहिलेकाही अनजानमा भएको गल्तीले पनि समस्या उत्पन्न हुन जान्छ । तर यसलाई व्यवस्थित गर्न केही उपाय अपनाउने हो भने विवाद वा समस्याको व्यवस्थापन गर्न सकिन्छ ।

वैवाहिक जीवनलाई सहज र राम्रोसँग चलाउन चाहनुहुन्छ भने दुबै जना सुत्न जाने समयलाई एकै बनाउँनुहोस् । यस्तो नहोस् कि एकजना काम सकेर आउँदा अर्को जना घुँरिरहेको होस् । बरु म्युजिक प्लेयर राख्नुहोस् र सानो आवाजमा केही बजाउनुहोस् जो दुवैलाई ठिक लागोस् । सुत्नुअघि मोबाइल, ल्यापटप, टिभीलाई दिने समय आफ्नो पार्टनरलाई दिनुहोस् ।

माया प्रेम युक्त कुराहरु गर्नुहोस् जसले एक अर्कालाई नजिक ल्याउन सहयोग हुन्छ । एक अर्कालाई ध्यान दिने गर्नुहोस् । सानो सानो तारिफले तपाईकी पत्नी या पतीमा खुसी दिनसक्छ त्यसलै सानो कुरा विग्रदा गाली होइन माया प्रेम र राम्रो हुँदा तारिफ गर्ने बानीको विकास गर्नुहोस् ।

[sidebar name="button post"]