Ad #144479

१५ चैत्र, काठमाण्डौ। मेलम्चीको पानी आजदेखि राजधानीका केही उपभोक्ताहरुको घर-घरमा वितरण गरिने भएको छ।

गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आजदेखि उपभोक्ताको घरमा पठाइन लागिएको आयोजनाले जनाएको छ ।

यस्तै उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न करिब एक हप्ता लाग्ने बताइएको छ । पानी हालेर पाइपको परीक्षण मात्र गर्ने भएकाले पाइपको पानी पिउन नमिल्ने काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ। परीक्षणपछि प्रशोधन गरेर पठाएपछि मात्रै पिउन मिल्ने बताइएको छ ।  ।

गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै फागुन २२ गते १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।