ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव फेला

१२ चैत्र, महोत्तरी। एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव बिहीबार फेला परेको छ। जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर–५ सहोड़वाबाट अपहरित ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया श्रीमति गीतादेवी झाको शव महोत्तरीकै पिपरा गाउँपालिका–२ स्थित अतरार जाने बाटोमा बोराभित्र माटोमुनि पुरिएर राखेको अवस्थामा फेला परेको हो ।

दुईवटा बोरामा हत्या गरेर माटो मुनि पुरिएको अवस्थामा दुबैजनाको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।दुबै शवको शरीरको हड्डीहरु मात्र देखिएको छ ।

कपडाको आधारमा परिवारजनले दुबै शवको पहिचान गरेको छ । सीआईबी, महोत्तरी प्रहरी र प्रदेश २ प्रहरी टोली घटनास्थलमा अनुसन्धान गरिरहेको छ ।

[sidebar name="button post"]