होली पर्व घरमै मनाउन र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

११ चैत्र, काठमाण्डौ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले यस वर्षको होली पर्व पनि घरमै बसेर मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’

आउँदो चैत १५ गते पहाडमा र १६ गते तराईमा होली मनाइँदैछ ।

[sidebar name="button post"]