११ चैत्र, काठमाण्डौ। आज चैत ११ गते। नेपालमा कोरोना संक्रमणका कारण लकडाउन भएको १ वर्ष पूरा भयो। पटक-पटक गरी चार महिनाभन्दा बढी समय लकडाउन कायम रहेको थियो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै भदौबाट मात्र नेपालमा केही सहज अवस्था भएको हो ।
लकडाउन गरेको वर्ष दिन बित्न नपाउँदै नेपालमा कोरोनाको दोस्रो लहर सुरु हुने देखिएको छ । दैनिक ५०-५५ जना सीमित संक्रमित ह्वात्तै बढेर १८८ जनासम्म पुगेको छ । हिजो मंगलबार मात्र १८८ जना नयाँ संक्रमित थपिएका छन् । केही दिन पहिलेसम्म यो सङ्ख्या सयभन्दा कम सङ्ख्यामा थियो । यसबाट नेपालमा संक्रमण बढ्न सक्ने देखाएको हो ।
Kumari Bank 300×290 newGlobal IME Bank newNepal Life Insurance
केही दिनयता भारतका केही प्रान्तमा हालसम्मकै धेरै सङ्ख्यामा कोरोना संक्रमित बढ्न थालेपछि नेपालमा केही सतर्कता अपनाइएको छ । भारतसँगको खुला सिमाना भएका कारण पनि नेपालमा कोरोना संक्रमणको उच्च जोखिम छ ।
टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार केही दिनअघिसम्म एक-दुई जना मात्र कोरोना संक्रमितका बिरामी हुने गरेकोमा हाल सात जना भर्ना हुने गरेका छन। सात जनामध्ये पाँच जना आईसीयू तथा दुई जना आइसोलेसन वार्डमा उपचाररत छन् ।
सातदेखि १० प्रतिशत रहेका संक्रमित मंगलबारसम्म आइपुग्दा २० प्रतिशतमा वृद्धि भएपछि पछिल्लो समय मानिसले कोरोनालाई बेवास्ता गर्न थालेको हो भन्ने पनि अनुमान गर्न सकिन्छ । तेसो त हिजो आज धेरै जसोले सार्वजनिक यातायातमा वा सडकमा हिँड्ने सबैले मास्क प्रयोग गर्न छोडेको पनि देखिन्छ । कोरोनालाई बेवास्ता गरे यसको दोस्रो वेभ पहिलेको भन्दा खतरा हुनसक्ने विज्ञहरुले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सभा, सम्मेलन, धर्ना, जुलुस, जमघटजस्ता कार्य गर्न बन्द गर्नुपर्ने जनाएको छ । मन्त्रालयका अनुसारनागरिक आफैँ सचेत बन्नुपर्नेमा छ । सबैले आ–आफ्नो ठाउँबाट सचेत र सर्तकता अपनाए सके कोरोनालाई परास्त गर्न सकिने सकिने छ ।
यता भारतमा कोरोना भाइरस बढ्नुले नेपाललाई थप जोखिम बढाएको बढाएको छ । भारतमा संक्रमण बढ्दै जाँदा कोरोना भाइरस नयाँ ढङ्गबाट फैलिरहेको हो कि भन्ने शङ्का उब्जाएको छ । पछिल्लो समय युरोपेली देश मात्र होइन छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय सुरु भएको छ । भारत, बङ्गलादेशमा संक्रमितको सङ्ख्या बढ्न थालेको भन्दै नेपालमा यो बढ्दो क्रममा रहेको विज्ञहरुले बताएका छन् ।











