९ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ। ४४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा १५० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९९ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार २० पुगेको मन्त्रालयले जनाएको छ। निको हुने दर ९८.५ प्रतिशत हो। हालसम्म ५१ जना क्वारेन्टाइनमा र १ हजार १७ जना आइसोलेसनमा छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ। नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ।












