दालचिनी अधिकांशको भान्सामा सहजै पाईन्छ। खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद नै बेग्लै हुन्छ। स्वादको लागि मात्र नभई दालचिनी कयौँ रोगका घरेलु उपचार पनि हो। दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ र यो कुरा कमैलाई मात्र थाहा छ। सीलोन दालचिनी (म्याक्सिकन दालचिनी), कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी। सिलोन दालचिनी अन्य दालचिनीभन्दा फरक हुन्छ। यो दालचिनी वर्म रुखबाट उत्पादन हुन्छ। सिलोन दालचिनीका विभिन्न फाइदाहरु छन्। जस्तै :
मधुमहेका लागि फाइदाजनक
मधुमेहका बिरामीका लागि सिलोनको दालचिनी निकै फाइदाजनक मानिन्छ। यसले इन्सुलिनको गतिविधिलाई उत्तेजित गरी शरीरमा इन्सुलिन प्रतिरोधलाई कम गर्दछ। त्यसैले सिलोन दालचिनी मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ।
क्यान्सरको जोखिम घटाउँछ
क्यान्सर रोगको अहिलेसम्म कुनै उपचार छैन। तर सिलोन दालचिनी क्यान्सरका बिरामीका लागि एक आशाजनक घरेलु उपचार हुन सक्छ। यसमा क्यान्सरसँग लड्ने इन्जामका साथै एन्टीअक्सिडेन्ट, एंटी इन्फ्लामेट्री र एंटीमाइक्रोबियल गुण हुन्छ। यो सिलोन दालचिनीमा यो सब गुण हुनु भनेको शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई राम्रो बनाउनु हो। यसमा पाइने एन्टीअक्सिडेन्ट एंजाइम एक्टिविटीलाई बढाउँछ, जसले क्यान्सरलाई रोक्न मद्धत गर्दछ।
उच्च रक्तचाप घटाउन सहयोगी
हरेक किसिमको दालचिनीमा एसिड पर्याप्त मात्रामा हुने गर्छ। अध्ययनका अनुसार सिलोन दालचिनीको सेवन रक्तचापलाई कम गराउन लाभकारी मानिन्छ। मुटुसम्बन्धी विभिन्न समस्याको जोखिम घटाउन पनि दालचिनीको भूमिका महत्वपूर्ण हुन्छ।










