Ad #144479

विष्णु पुराणमा मानिसको कल्याणका लागि निर्वस्त्र भएर गर्न नहुने कामको बारेमा बताइएको छ । हिन्दू धर्मग्रन्थमा यस्ता धेरै नियम बनाइएका छन् । तर आज हामी तपाइँलाई निर्वस्त्र भएर गर्न नहुने कामको बारेमा जानकारी दिनेछौँ ।

१. निर्वस्त्र भएर स्नान नगरौँ :

विष्णु पुराणका अनुसार कहिल्यै पनि निर्वस्त्र भएर स्नान गर्नु हुँदैन । स्नान गरेको समयमा एउटा केहि न केहि कपडा अवश्य लगाउनु पर्दछ । श्रीकृष्णले पनि आफ्ना गोपीहरुलाई त्यहि सल्लाह दिएका थिए । विष्णु पुराणका अनुसार निर्वस्त्र स्नान गर्नु भनेको भगवानको अपमान गर्नु बराबर हो ।

२. निर्वस्त्र भएर नसुत्नुस् :

विष्णु पुराणका अनुसार निर्वस्त्र भएर कहिल्यै सुत्नु हुँदैन । यस्तो गर्दा चन्द्र देव रिसाउँछन् भन्ने मान्यता रहेको छ ।साथै पितृगण रातीको समयमा आफ्ना नातेदारलाई हेर्न आउँछन् । यस्तो अवस्था देखेपछि पितृको आत्मा अत्याधिक दुःख हुन्छ । त्यसैले पितृले आशिर्वाद नदिइकनै फर्किन्छन् । साथै रातमा नाङ्गो भएर सुत्दा नकारात्मक शक्ति पनि हाबी हुन सक्छ ।

३. आचमन गर्दा निर्वस्त्र हुनु हुँदैन :

हामी आचमन गर्ने बेलामा कहिल्यै निर्वस्त्र भएर गर्नु हुँदैन । यस्तो गर्नु विधि विरुद्ध हुने गर्दछ । आचमनको बेला आन्तरिक शुद्धि हुन्छ । शुद्ध मनले गरिएको पूजालाई नै शुभ मानिएको छ । तर निर्वस्त्र भएर आचमन गर्दा मन अशुद्धि हुन्छ । त्यसैले निर्वस्त्र भएर आचमन गर्नु हुँदैन ।

४. निर्वस्त्र भएर पूजामा नबसौँ :

धेरै जसो मानिसहरु विहान निर्वस्त्र भएर नै पूजा गर्न बस्दछन् । किनभने उनीहरु सोच्छन्, कपडा अशुद्ध हुन्छन् । तर निर्वस्त्र भएर पूजा गरेको फल कहिल्यै मिल्दैन । बरु पापको भागिदार बनाउँछ ।